कुमारी बैंकको साधारणसभा असोज ११ गते बस्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको साधारणसभा असोज ११ गते बस्ने



काठमाडाैँ । कुमारी बैंकको असोज ११ गते साधारणसभा बस्ने भएको छ। बैंकको यसअघिको संचालक समिति बैठकले साधारणसभाको मिति तय गरेको हो। नक्सालस्थित नक्साल ब्याक्वेटमा बिहान साढे ११ बजेदेखि साधारणसभा सुरु हुनेछ। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।

त्यस्तै गत आर्थिक वर्षको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीमाथि छलफल भई साधारणसभाबाट पारित हुनेछ।

बैंकको सहायक कम्पनी कुमारी क्यापिटलको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरणमाथि पनि सभामा छलफल हुनेछ।

सभाले यस आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्नेछ। सभाले गत आवको लागि चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ नगद लाभाँश स्वीकृत गर्नेछ।

प्रकाशित : २२ भाद्र २०७६, आईतवार ०७:१८