मेरो माइक्रो फाइनान्स लघुवित्तले “मेरो बचत मेरो कर्जा” सञ्चालनमा ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेरो माइक्रो फाइनान्स लघुवित्तले “मेरो बचत मेरो कर्जा” सञ्चालनमा ल्याउने



काठमाडाै । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले “मेरो बचत मेरो कर्जा” सञ्चालनमा ल्याउने भएको छ । आर्थिक बर्ष २०७६/०७७ को सुरुवातसंगै नया कार्यक्रमको रुपमा “बचत तथा कर्जा कार्यक्रम” अन्तर्गत संस्थामा आबद्ध हुननसकेका ग्राहकहरुलाई समुहमा आबद्ध गरि आर्थिक रुपमा आयआर्जन मार्फत सक्षम बनाउन प्रेरित गर्ने उद्देश्यले संचालन गर्न लागिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राम हरि दाहालले बताउनुभयो ।

यसले ग्राहकले खोलेको खातामा दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिनेछ । संस्थाका शाखा कार्यालय रहेको स्थानबाट केही दुरी भित्र स्थायी बसोबास गरी साना तथा मझौला ब्यापार ब्यवसाय गरीरहेका महिला तथा पुरुष परिवारहरुको वित्तीय सुविधा प्रदान गर्नु कार्यक्रमको प्रमुख उद्धेश्य रहेको संस्थाले जनाएको छ ।
लघुवित्तको परम्परागत ढाँचा अनुसार लघुवित्तमा आबद्ध हुन नसकेका ग्राहकहरुको लागी यो सुविधा संचालनमा ल्याएको हो । सो कार्यक्रमको प्रचार प्रसारका लागी २ दिने अभिमुखिकरण तालिम समेत सम्पन्न भएको छ ।

प्रकाशित : २२ भाद्र २०७६, आईतवार ०७:१६