लघुवित्तका संस्थापक डा. हरिहरदेव पन्तको चौथो स्मृति दिवस सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लघुवित्तका संस्थापक डा. हरिहरदेव पन्तको चौथो स्मृति दिवस सम्पन्न



काठमाडाै । निर्धन संस्था र डा. हरिहरदेव पन्त फाउण्डेसनको संयुक्त आयोजनामा डा.हरिहरदेव पन्त स्मृति दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।

काठमाण्डौ नक्साल स्थित निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको हलमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिका अध्यक्ष शरदनिधि तिवारीको सभापतित्वमा र नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर चिन्तामणि सिवाकोटिको प्रमुख आतित्थमा कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा डा.हरिहरदेव पन्त फाउण्डेसनका अध्यक्ष जनार्दन देव पन्तले स्वागत मन्तब्य दिनुका साथै उपस्थित अतिथीहरुलाई स्वागत गर्नु भएको थियो । निर्धनले सदैव नयाँ शैलीको कार्यक्रमहरु जस्तै अत्यन्त गरीबहरुको आर्थिक स्थिति माथि उकास्ने कार्यक्रम, दुर्गम तथा पहाडी क्षेत्रमा स्वावलम्वी समूह पद्धति, समुदायमा आधारित लघु स्वास्थ्य विमा जस्ता अनुसन्धानात्मक लोकप्रिय कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनु भएको थियो ।

फाउण्डेसनका अध्यक्ष पन्तले यस स्मृति दिवसमा “समृद्धिको मार्गमा,२०७६” नामक पुस्तक विमोचन गर्ने, लघुउद्यमका क्षेत्रमा उत्कृष्ट कार्य गर्र्नु हुने उत्कृष्ट लघुउद्यमीहरुलाई “लघुउद्यमशील पुरस्कार”, आर्थिक पत्रकारिता जगतमा उत्कृष्ट कार्य गर्र्नु हुने पत्रकारहरु मध्येबाट उत्कृष्ट पत्रकारलाई “आर्थिक पत्रकारिता पुरस्कार” प्रदान गरिने बारेमा जानकारी गराउनु भएको थियो । पिरामिडको सबैभन्दा तल रहेका विपन्न वर्गमा सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पु¥याउन लघुवित्तको सुरुवात गरी आफ्नो जीवनभर गरीबी र वेरोजगार हटाउन लाग्नु भएका डा.हरिहरदेव पन्तको अधुरा कार्यहरु पूरा गर्न प्रयास गर्ने बारेमा समेत जानकारी गराउनु भएको थियो ।

स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर चिन्तमणि सिवाकोटीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गर्नुभयो । समुदघाटन पश्चात स्वर्गीय डा.हरिहरदेव पन्तको सम्झनामा भिडियो प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका सातै प्रदेश, ७७ वटै जिल्लामा रहेका उक्त संस्थाका १ सय ८१ वटा शाखाका उत्कृष्ट ग्राहक सदस्यहरुबाट संग्रह गरिएको कथाहरुको संगालो “समृद्धिको मार्गमा २०७६” पुस्तकको लोकार्पण गरियो । लघुउद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघुउद्यमीहरुको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित लघुउद्यमशील पुरस्कार कार्यक्रम सातै प्रदेशका एक एक जनालाई प्रदान गरिएको थियो ।
प्रदेश नम्बर १ बाट झापा जिल्ला दमक शाखाकी सिलाई कटाई प्रशिक्षण केन्द्रकी ब्यवसायी श्रीमती पनिया चौधरी र प्रदेश नम्बर २ बाट बारा जिल्ला प्रसौनी शाखाकी किराना पसल तथा सुधारिएको चुलो उत्पादन गर्ने ब्यवसायी श्रीमती बिद्यावती देवी साहलाई यस वर्षको डा.हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार जनही नगद रु.३०,०००/ सहित सम्मान पत्र प्रदान प्रदान गरियो ।

प्रदेश नम्बर ३ बाट चितवन जिल्ला टाँडी शाखाकी गाई पालन व्यवसायी श्रीमति शिव कुमारी के.सी र गण्डकी प्रदेशबाट स्याङजा जिल्ला वालिङ शाखाकी तरकारी खेती व्यवसायी श्रीमती शोभा कुमारीलाई यस वर्षको डा.हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार जनही नगद रु.३०,०००/ सहित सम्मान पत्र प्रदान गरियो । त्यस्तै प्रदेश नम्बर ५ बाट रुपन्देही जिल्ला धकधई शाखाकी भैसी पालन तथा तरकारी खेती व्यवसायी श्रीमती सुरमी मल्लाह, कर्णाली प्रदेशबाट सुर्खेत जिल्ला वीरेन्द्रनगर शाखाकी कुखुरापालन, फ्रेश हाउस र माछा व्यपार ब्यवसायी श्रीमती खैरुन निशा, प्रदेश नम्बर ७ बाट कैलाली जिल्ला टिकापुर शाखाकी झोला उद्योग ब्यवसायी श्रीमती ज्ञानी देवी चौधरीलाई यस वर्षको डा.हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार जनही नगद रु.३०,०००/ सहित सम्मान पत्र प्रदान गरियो ।

लघुवित्तका प्रथम प्रवद्र्धक डा.हरिहरदेव पन्तको स्मृतिमा डा.हरिहरदेव पन्त फाउण्डेसनले स्थापना गरी हरेक वार्षिक पुण्य स्मृति दिवसको अवसरमा एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दे आएकोमा यो बर्ष नेपाल न्युज डटकमका विष्णु वेलवासेलाईनगद रु. ५०,०००/ सहित सम्मान–पत्र प्रदान गरियो ।

पुरस्कृत सबैलाई प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले ग्रामीण बैंकिङ पद्धतिलाई लागू गर्ने तथा गाउँमा छरिएर रहेको श्रमशक्तिलाई एकिकृत गर्ने, ग्रामीण क्षेत्रमा रहेको गरीबीलाई न्यूनीकरण गर्ने, मानिसहरुमा वित्तीय साक्षरताको जागरण ल्याएर विपन्न वर्गलाई उद्यमी बनाउन जीवनभर लागि परेका डा. हरिहरदेव पन्तको देश र राज्यको लागी ठुलो योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले डा. पन्तबाट सुरुवात भएको कार्यक्रम आज ४३ लाख घरपरिवार यसमा आश्रित भइ सकेकोले विभिन्न किसिमका कर्जा सुविधा लिएर आफ्नो जीवनमा परिवर्तन ल्याउन सफल भएको समेत स्पष्ट पार्नुभयो । उहाँले हाल ९४ वटा लघुवित्त संस्थाहरु स्थापना भई ३,५८८ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान भएकोमा डुव्लिकेसन, कर्जा दुरुपयोग, कर्मचारी आन्दोलन लगायतका विकृतिहरु समेत देखिएकाले ती विकृतिहरु सुधार गर्न कदम चालिने बताउँदै आगामी दिनमा संस्थाहरु बलियो बनाउन एक आपसमा मर्जर तथा एक्विजिसनमा लैजान प्रोत्साहन गरिने बताउनुभयो ।

उक्त कार्यक्रममा पत्रकार विष्णु वेलवासेले गरीबसम्म ऋण पु¥याएर डा. हरिहरदेव पन्तले गरीबलाई माथि उकास्ने काम गरेको बताउनुभयो ।
कार्यक्रममा लघुवित्त विज्ञ कृष्ण प्रधानले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउन सरकारले नसकेको र निजि क्षेत्र डराएको अवस्थामा जोखिम मोलेर कार्यक्रम शुरुवात गरी ग्रामीण क्षेत्रका गरीब जनतालाई वित्तीय पहुँच पु¥याउन डा. पन्त सफल व्यक्तित्व भएको उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा कार्यक्रमका बिशिष्ट अतिथी गणेश बहादुर थापाले लघुवित्तको क्षेत्रमा हरिहरदेव पन्तको योगदान महत्वपूर्ण रहेको र उहाँले देशका ७७ वटै जिल्लामा लघुवित्त सेवा पु¥याउन सफल हुनु भएको जानकारी गराउनु भयो । साथै लघुवित्तका पिता भनेर चिनिने डा. हरिहरदेव पन्त ग्रामीण क्षेत्रलाई बैकिंङमा ल्याउने पहिलो व्यक्ति हुनुका साथै गरीबलाई समेट्नु नै उहाँको साेंच रहेकोले उहाँको सोच र योगदानलाई सबैले कदर गर्नु पर्नेमा जोड दिनुभयो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिका अध्यक्ष, तथा कार्यक्रमका सभापति शरदनिधि तिवारीले लघुवित्तको क्षेत्रमा हरिहरदेव पन्तको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्यक्रमको समापन गर्नु भयो ।

प्रकाशित : २२ भाद्र २०७६, आईतवार ०७:०८