मुक्तिनाथ विकास बैंकले सेयर धितो राखेर कर्जा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

मुक्तिनाथ विकास बैंकले सेयर धितो राखेर कर्जा दिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

मुक्तिनाथ विकास बैंकले सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा सञ्चालनमा ल्याएको छ ।जस अनुसार धितो राखेको सेयरको ६५% सम्म ऋण लिन सक्ने गरी बैंकले जनाएको छ ।  १ वर्षका लागि यो कर्जा लिन सकिने र ब्याजदर भने शेयरको मूल्य अन्सुअर तु हुने बैंकले स्पष्ट पारेको छ । 

साथै बैंकले विशेष प्रकारको आवास कर्जा सुविधाको सुरुवात गरेको छ । २० बर्षको लागि लिन सकिने गरि बैंकले आवास कर्जा योजना सुरु गरेको हो । 

यस योजनामा २ बर्षसम्म ब्याज परिवर्तन नहुने,  निशुल्क स्वास्थ्य त्तहा दुर्घटना बिमा पाइने, प्रिपेमेन्ट शुल्क नलाग्ने र समय मै किस्ता बुझाउदा सेवा शुल्क फिर्ता हुदै जाने बैंकले जनाएको छ । बैंकले यस योजनाको नारा समेत तय गरेको छ।बैंकले  ‘ आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता ’ नारा तय गरेको हो । जस अनुसार ग्राहकले १० बर्षसम्म अब्याज मात्र तिरेर त्यसपछि सावाँ वापतको किस्ता तिर्न सकिने बिकल्प समेत रहेको जनाएको छ । 

यस योजना अन्तर्गत ग्राहकले घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ्ग गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा लिन सकिनेछ । 

प्रकाशित : १६ श्रावण २०७६, बिहिबार १६:१८ 1 August, 2019 4:18 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।