प्रुडेन्शियल इन्स्योरेन्सले साधारणसभा बाेलायो , यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रुडेन्शियल इन्स्योरेन्सले साधारणसभा बाेलायो , यस्ता छन एजेन्डा



काठमाडाै । प्रुडेन्शियल इन्स्योरेन्सले साधारणसभा बाेलाएको छ । कम्पनीले भदौ १ गते आइतबार बिरगंजको दियालो लर्ड्स प्लाजामा हुने गरि साधारणसभा बोलाएकाे हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । एनएफआरएस बमोजिम जगेडा कोष तथा अन्य ब्यबस्था कायम गर्नु पर्ने भन्दै कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

साधारणसभामा वित्तीय विवरण पारित गर्ने, लेखा परिक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, र संचालकको निर्वाचन गर्ने लगायतका एजेण्डा छन् ।

हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड १५ लाख २० हजार रहेको छ । कम्पनीले विशेष साधारणसभा बाट ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको छ । हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।

प्रकाशित : १३ श्रावण २०७६, सोमबार १२:३६