सिबिआईएल क्यापिटलको अध्यक्षमा समिर दाहाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिबिआईएल क्यापिटलको अध्यक्षमा समिर दाहाल



काठमाडौँ । सिबिआईएल क्यापिटलको अध्यक्षमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । रिक्त अध्यक्ष पदमा साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिरप्रसाद दाहाललाई बाँकी अवधिसम्मको लागि अध्यक्षमा नियुक्त गरेको कम्पनीका सिईओ नवराज गिरीले जनाएका छन् ।

यसै, सिबिआईएल क्यापिटको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा नवराज गिरी नियुक्त भएका छन् । बैशाख १ गतेदेखि कामु सिइओका रुपमा कार्यरत गिरीलाई साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि नै लागू हुने गरी सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित : ११ श्रावण २०७६, शनिबार १०:४३