लुम्बिनी जनरल इन्स्योरेन्सको एजीएम साउन २९ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लुम्बिनी जनरल इन्स्योरेन्सको एजीएम साउन २९ गते



काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारणसभा साउन २९ गते हुने भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले बिहान ११ बजे अमृतभोग कालीकास्थान डिल्लीबजारमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारणसभा प्रयोजनको लागि साउन १५ गते १ दिन सेयरधनी बूक क्लोज गरिने कमपनीले जनाएको छ । साधारणसभाले आव २०७४/०७५ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ ।

साे कम्पनीको हालको चुक्ता पूँजी ८८ करोड रहेको छ । बैशाख २५ गते विशेष साधारणसभा गरिएको र उक्त साधारण सधाको निर्णय बमोजिम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिएको कम्पनीले जानकारी दिएकाे छ ।

प्रकाशित : ९ श्रावण २०७६, बिहीबार ०७:४८