शिखर इन्सुरेन्सको साधारणसभा साउन २८ गते, यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शिखर इन्सुरेन्सको साधारणसभा साउन २८ गते, यस्ता छन एजेन्डा



काठमाडौं । शिखर इन्सुरेन्सको आर्थिक वर्ष २०७४।७५ को वार्षिक साधारण सभा साउन २८ गते हुने भएको छ । लाभांश वितरण नगर्ने घोषणा गरेको शिखरले ३०% हकप्रद सेयर जारी गर्ने मुख्य एजेन्डा सभामा लैजानेछ । कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।

यस्तै, सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना, सर्वसाधारणबाट २ जना र १ जना स्वतन्त्र गरी कुल ७ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन नियमावली संशोधन गर्नेछ । यता, कम्पनीले कम्पनीले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने यसअघि नै जनाइसकेको छ ।

यता, अन्य बिमा कम्पनी गाम्ने–गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि शिखरले साउन १५ गतेदेखि बुक क्लोज गर्दैछ । यसआधारमा साउन १४ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : ८ श्रावण २०७६, बुधबार १२:३८