सिद्धार्थ इक्विटी फन्डले ११ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ इक्विटी फन्डले ११ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । सिद्धार्थ इक्विटी फन्डले ११ प्रतिशत नगद लाभांश दिने भएको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट इकाईधनीलाई करसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नगद लाभांश वितरणमा यसले १६ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । यससँगै सिद्धार्थ इक्विटी फन्ड गत आर्थिक वर्षको लाभांश घोषणा गर्नेमा पहिलो समेत भएको छ ।

प्रकाशित : ७ श्रावण २०७६, मंगलवार ०८:०९