सिभिल बैंकलाई आइएसओ सर्टिफिकेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

सिभिल बैंकलाई आइएसओ सर्टिफिकेट

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिभिल बैंकले आइएसओ सर्टिफिकेट प्राप्त गरेको छ । समृद्धिको लागि सिभिल बैंक भन्ने नारा लिएको उक्त बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गर्न सफल भएको छ ।

सर्टिफिकेट प्रदान गर्ने संस्था युनाइटेड रजिष्ट्रर अफ सिस्टम ९युआरएस०का नेपाल प्रतिनिधि प्रकाश पौडेलले कार्पोरेट अफिस सुन्धारमा सिभिल बैंकका प्रमुख अधिकृत गोविन्द गुरुङलाई हस्तान्तरण गरेको हो ।

उक्त प्रमाणपत्र कुनै पनि संस्थाले आप्mनो सेवा र सुविधालाई ग्राहक केन्द्रित बनाउन परिस्कत गर्दै अनवरत रुपमा अन्तराष्ट्रिय सेवा तथा सुविधाहरु प्रदान गर्दा पाईने गुणस्तरको प्रमाणिकरण हो ।

उक्त अवसरमा बैंकका सीईओ गुरुङले आगामी दिनमा पनि बैंकलाई ग्राहकमैत्री र ग्राहकहरुकै चहाना अनुरुप सुविधाहरु आधुनिक डिजिटल बैंकिङ प्रोडक्टहरु ल्याउने बताए ।

प्रकाशित : २ श्रावण २०७६, बिहिबार १५:१८ 18 July, 2019 3:18 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।