हिमालयन बैंककाे ऋणपत्र बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन बैंककाे ऋणपत्र बिक्री खुला



काठमाडौं । हिमालयन बैंकले बिहीबार (आज) देखि ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेकाे छ । यसमध्ये १२ लाख युनिट सर्वसाधारणका लागि खुला गर्ने छ । यस्तै, सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । यसआधारमा सामूहिक लगानी कोषहरुले ६० हजार युनिट पाउनेछन् । बाँकी १८ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०प्रतिशत ब्याजदर पाइनेछ ।

बैंकले ७ वर्ष अवधिको ‘१०प्रतिशत हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । रेटिङ एजेन्सी केयर रेटिङले यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘ग्रेड ए’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गरेको छ । बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरमा ऋणपत्र बिक्री गर्न लागेको होे । यो ऋणपत्रमा छिटोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने साउन ३१ गतेसम्म भर्न सकिनेछ ।

पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ । तर ऋणपत्रमा सर्वसाधारणको चासो भने निकै कम छ । हिमालयन बैंकको सबै शाखा र सी आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटबाट फारम प्राप्त गरी आवेदन बुझाउन पनि सकिनेछ ।

प्रकाशित : २ श्रावण २०७६, बिहीबार ०८:१२