जनता बैंककाे शाखा खुमलटारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंककाे शाखा खुमलटारमा



काठमाडाै । जनता बैंक नेपाल लिमिटेडले सोमबार ललितपुर जिल्लाको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ ।

उक्त शाखाको समुद्घाटन बैंक संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले गर्नुभएको थियो, उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ भने काठमाडौं उपत्यकामा यो २४औं शाखा हो । यस अतिरिक्त बैंकले १०८ एटिएम, ५०शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ,३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरु माझ सेवा प्रदानगर्दै आइरहेको छ ।

प्रकाशित : ३० असार २०७६, सोमबार १५:४१