सनराइज बैंकको सीईओमा शर्मा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको सीईओमा शर्मा नियुक्त



काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनकराज शर्मा पौड्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रवारको बैठकले उनलाई सीईओ नियुक्त गरेको हो । यसअघि निरज श्रेष्ठलाई सीईओ बनाउने भनिए पनि सञ्चालक समितिमा सर्वसम्मति नहुँदा रोकिएको थियो ।

पौड्याललाई भने सर्वसम्मतिबाट नियुक्त गरिएको हो । बैंकका यसअघिका सीईओ रत्नराज बज्राचार्यको चारवर्षे कार्यकाल सकिएपछि पद रिक्त थियो । पौड्याल यसअघि ग्लोबल आईएमई बैंकमा पनि सीईओ थिए । उनले आफ्नो कार्यकाल ३ वर्ष बाँकी रहँदै गत माघमा राजीनामा दिएका थिए ।

प्रकाशित : २९ असार २०७६, आईतवार ०८:०३