जीवन विकास लघुवित्तले विशेष साधारणसभा डाक्याे ,डेढ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव लादै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जीवन विकास लघुवित्तले विशेष साधारणसभा डाक्याे ,डेढ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव लादै



काठमाडाै । जीवन विकास लघुवित्तले विशेष साधारणसभा डाकेको छ । कम्पनीले आगामी साउन १० गतेको लागि विशेष साधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीले पुँजी वृद्धि गर्ने , हकप्रद जारी गर्ने लगायतका प्रस्ताव लैजाने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १:१.५ को अनुपातमा डेढ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको हो । त्यस्तै कम्पनीले अधिकृत पुंजी ५० करोडबाट १ अर्ब पुर्याउने, जारी पुंजी २० करोड बाट ५० करोड पुर्याउने र चुक्ता पुंजी १४ करोडबाट ५० करोड पुर्याउने प्रस्ताव सभामा पेश गर्ने छ ।

सभामा कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०:३० बाट परिवर्तन गरी ६७.५:३२.५ कायम गर्न प्रस्ताव पनि पेश गर्ने भएको छ ।

त्यस्तै लघुवित्तले मर्जर र एक्विजीसनको बाटो पनि खुला राख्दै त्यसको लागि आवश्यक निर्णय गर्ने अधिकार संचालक समितिलाई दिने छ ।

कम्पनीको केन्द्रिय कार्यालय मोरङमा रहेको छ ।

प्रकाशित : २५ असार २०७६, बुधबार १२:४६