आइएमई जनरलको ५ प्रतिशत बोनस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइएमई जनरलको ५ प्रतिशत बोनस



काठमाडौं । आइएमई जनरल इन्सुरेन्सको ५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि आइतबार यस इन्सुरेन्सको सेयर कारोबार प्रतिकित्ता ३६२ रुपैयाँ ८६ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ४२४ रुपैयाँ ७६ पैसा रहेको छ ।


आइएमईले असार २९ गते बस्ने वार्षिक साधारण सभामा उक्त बोनस प्रस्ताव पेश गर्नेछ । यसका लागि आइतबारदेखि बुक क्लोज गरेको हो । कम्पनीले बोनस लाग्ने कर तिर्न नगद लाभांश भने दिने छैन । कर सेयरधनी आफैंले तिर्नुपर्नेछ । प्रस्तावित बोनस वितरणपछि यसको चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १५ असार २०७६, आईतवार १३:५२