टेलिकमले बाँड्यो‘एण्ड्रोइड स्मार्टफोन’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

टेलिकमले बाँड्यो‘एण्ड्रोइड स्मार्टफोन’



काठमाडाैं । नेपाल टेलिकमले सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई ‘एण्ड्रोइड स्मार्टफोन’ सिमकार्ड सहित वितरण गरेको छ।

कम्पनीले बिद्यार्थीको अध्ययन कार्यमा सहयोग पु¥याउने उद्देश्यले फोन बितरण गरेको बताएको छ।सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टि सम्बन्धी अपांगता भएका बाह्र र स्नातक अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराइएको हो।

कम्पनीका अनुसार टेलिकमले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गतको सुविधा उपयोग गरी ६

महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको छ ।

कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उप–प्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गरे। सो अवसरमा दंगालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरुले विद्यार्थीहरुको पढाईमा सहयोग पु¥याउनुका साथै सहज जीवन यापनमा भूमिका निर्वाह गर्ने बताए।

कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले कम्पनीको तर्फबाट गरिएको सहयोगले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने धारणा राखे।

विभिन्न सेवासहितको मोबाइल प्राप्त गरेपछि एमपी थ्री बोक्नुपर्ने वाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरु अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले हामीलाई निकै हौसला मिलेको मोबाइल प्राप्त गर्ने बिद्यार्थी पदम ठटालले बताए।

पदम महेन्द्र बहूमुखी क्याम्पस धरानमा शिक्षा संकायतर्फ स्नातक चौथो वर्षका विद्यार्थी हुन।‘आइसिटी फर द स्टुडेण्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रम मार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम रहेको छ।

यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका जम्मा २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई कम्पनीको सिमकार्ड सहित एण्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गर्न लागिएको हो ।

प्रकाशित : १३ असार २०७६, शुक्रबार २०:१५