एनआईसी एशिया बैंकले एकै पटक माग्याे ४०० जना कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

एनआईसी एशिया बैंकले एकै पटक माग्याे ४०० जना कर्मचारी



काठमाडाै । एनआईसी एशिया बैंकले एकै पटक ४०० जना कर्मचारी माग गरेको छ । यसअघि ८६ कर्मचारीको माग गरि खुलाएको विज्ञापन म्याद सकिन नपाउँदै बैंकले थप ४०० जना कर्मचारी मागेको हो ।

बैंकले उपत्यकाभित्रका शाखा कार्यालयका लागि ५० जना शाखा प्रबन्धक मागेको छ । यस पदका लागि स्नातकोत्तर गरी कम्तिमा पनि १० वर्षको कार्यानुभव हुनु पर्ने बैंकले जनाएको छ ।

त्यस्तै ५० जना रिलेसनसिप म्यानेजर मागिएको छ । यसका लागि स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तिमा पनि ५ वर्षको अनुभव र उमेर २१ वर्षदेखि ४० वर्ष हुनुपर्नेछ ।

सर्भिस म्यानेजर पदका लागि १०० जना कर्मचारी आह्वान गरिएको छ । स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा तीन वर्षको कार्यानुभव भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समुहकाले यस पदमा एप्लाई गर्न सक्नेछन् ।

प्लस टु तथा व्याचलर सकेका तर अनुभव नभएकाहरुले मार्केटिङ, कस्टमर सर्भिस, हेल्प डेक्स लगायतमा एप्लाई गर्न सक्नृछन् । यी पदहरुमा लागि २०० जना कर्मचारी मागिएको छ ।

योग्यता पुगेका र इच्छुक उम्मेदवारले असार २० गतेसम्ममा आवदेन दिइसक्नुपर्नेछ । बैंकको वेबसाइटमा गएर अनलाइन आवदेन दिन सकिनेछ ।

 

प्रकाशित : ६ असार २०७६, शुक्रबार १२:५२