लुम्बिनी फाइनान्सले २२ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

लुम्बिनी फाइनान्सले २२ प्रतिशत लाभांश दिने



काठमाडौं। लुम्बिनी फाइनान्स एण्ड लिजिङ् कम्पनीको संचालक समितिको बैठकबाट चुक्ता पुँजीको २१ दशमलव ६१ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि करिब १ दशमलव १४ प्रतिशत नगद लाभांश गरि कुल २२ दशमलव ७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ  । प्रस्ताबित बोनस शेयर पारित भए पश्चात बैकको चुक्ता पूँजी ४१ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

सो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएमा र कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई प्रस्ताव बमोजिमको लाभांश वितरण गरिने छ ।

फाइनान्सले चालु आर्थिक बर्षमा ४० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । त्यसै गरि निक्षेपमा १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ र कर्जा तर्फ १ अर्ब ८० करोड ५९ लाख रुपैयाँ पुर्याएको छ । निस्क्रिय कर्जा २१ दशमलव ८३ प्रतिशत, जोखिम युक्त सम्पति २५ दशमलव ९१ प्रतिशत, प्रतिशेयर आम्दानी १ दशमलव १९ रुपैयाँ र मुल्य आम्दानीको अनुपात २ सय २० दशमलव ०६ गुणा रहेको छ ।

प्रकाशित : 21 February, 2016 10:06 am