सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँड



काठमाडाै । सान्जेन र रसुवागढी हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । सान्जेनको सेयर प्रकृया पुर्याएर  आवेदन दिएका २ लाख ८८ हजार ८९७ जना लगानीकर्तालाई बाँडफाँड गरिएको छ । यीमध्ये १० देखि २ हजार कित्तासम्म आवेदन दिने सबै आवेदकलाई १० कित्ताको दरले सेयर दिइएको छ । यसरी बाँडफाँड गरेर बाँकी रहेको सेयर २० कित्तादेखि माथि आवेदन दिएकामध्ये २ लाख ९ हजार ३२८ जनालाई गोलाप्रथामार्फत थप १० कित्ता बाँडफाँट गरिएको छ ।

रसुवागढीको आइपीओ रितपूर्वक आवेदन दिएका २ लाख ९१ हजार २७२ जना आवेदकलाई बाँडफाँट गरिएको छ । यसमा १० देखि ४० कित्तासम्म आवेदन दिएकालाई माग अनुसार नै सेयर दिइएको छ । २३ हजार ६९३ जनालाई भने गोलाप्रथाबाट थप १० कित्ता सेयर दिइएको छ ।

प्रकाशित : १९ बैशाख २०७६, बिहीबार १६:३९