गणपति माइक्रोफाइनान्सको आईपीओ शुक्रबार बाँडफाँड हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

गणपति माइक्रोफाइनान्सको आईपीओ शुक्रबार बाँडफाँड हुने



काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आईपीओमा शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको आज प्रि अलोटमेन्ट हुँदैछ । कम्पनीले वैशाख ९ देखि १२ गतेसम्म जारी आईपीओमा मागभन्दा २१ गुुणा बढी आवेदन परेको छ । कम्पनीले कुल ३ लाख ३५ हजार कित्तामध्ये ५ हजार १६७ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोष छुट्टाएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ सय कित्तासम्म आवेदन दिन व्यवस्था थियो।

७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओपश्चात चुक्ता पुँजी १० करोड ३५ लाख पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ गत आर्थिक मसान्तसम्म ७७ दशमलव ७३ रहेको छ ।

प्रकाशित : १७ बैशाख २०७६, मंगलवार १३:१९