गुराँस लघुवित्त वित्तीय पायो आईपिओ निष्कासनको अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

गुराँस लघुवित्त वित्तीय पायो आईपिओ निष्कासनको अनुमती



काठमाडौ  । गुराँस लघुवित्त वित्तीय संस्थाको आईपिओ निष्कासको नेपाल धितोपत्र बोर्डबाट पाएको छ । स्वीकृती पाएसँगै कम्पनीले सर्वसाधारणलाई २ लाख ५० हजार कित्ता आइपिओ जारी गर्नेछ ।

विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा ४० लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ भने चुक्ता पूँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनी हाल १० जिल्लामा २३ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २७ चैत्र २०७५, बुधबार १३:४४