मेगा बैंकले माग्यो एकैपटक १०५ कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

मेगा बैंकले माग्यो एकैपटक १०५ कर्मचारी



काठमाडाै । मेगा बैंकले एकैपटक १०५ कर्मचारी मागेको छ । बैंकले म्यानेजरदेखि अफिसर र असिस्टेन्ट लेभलसम्मका पदमा कर्मचारी मागेको हो ।

सबैभन्दा बढी असिस्टेन्ट लेभलको पदमा ५७ कर्मचारी मागिएको छ । बैंकले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजर पदमा ३ जना, प्रदेश प्रमुख ३ जना मागेको छ ।

यस्तै, जुनियर अफिसर, सिनियर अफिसर र अफिसर्स पदमा १० जना, शाखाको क्रेडिट विजिनेशका लागि १६ जना, १५ जना शाखा प्रबन्धक र जनकपुरका लागि ब्राञ्च अपरेशन एकजना मागेको छ ।

असिस्टेन्ट लेभलमा असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजरको रुपमा ६ जना, ब्राञ्चको क्रेडिट विजिनेशका लागि १२ जना, अपरेशनका लागि १४ जना, डिपोजिट आरएमका लागि २५ जना असिस्टेन्ट मागिएको छ। इच्छुकले फेब्रुअरी १७(फागुन ५ गते)भित्र आवेदन दिइसक्नुपर्ने छ ।

प्रकाशित : २० माघ २०७५, आईतवार १७:२५