ऋणपत्र नबिक्दा एनआइसी एसिया बैककाे कन्तबिजाेक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ऋणपत्र नबिक्दा एनआइसी एसिया बैककाे कन्तबिजाेक



काठमाडाै। एनआइसी एसिया बैककाे ऋणपत्र बिक्न हम्मे हम्मे परेकाे छ । ऋणपत्रमा अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको छ । ऋणपत्र नबिकेपछि समय थपिएको हो । यसअघि छिटोमामाघ १६ गते सम्म आवेदन दिन सकिने भनिएको थियो । किन्ने नअाउदा फागुन १३ गतेसम्म पुर्याइएको हो ।

एनआइसी एसियाले माघ १३ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन बिक्री खुला गरेको थियाे । जसमा कुल ४० लाख कित्तामध्ये १६ लाख कित्ता (इकाई) मा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमध्ये ८० हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २४ लाख कित्ता भने एनआइसीले अन्य संघ संस्था तथा कम्पनीहरुलाई बिक्री गर्नेछ ।

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तथा एनआइसी एसिया बैंकको सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : १६ माघ २०७५, बुधबार १३:५२