नेपाल इनभेष्टमेन्ट बैंकको नाफा ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इनभेष्टमेन्ट बैंकको नाफा ओरालो लाग्यो



काठमाडौं । नेपाल इनभेष्टमेन्ट बैंकको नाफा चालू आवको दोस्रो त्रैमासमा १० करोड ३९ लाख ५४ हजार रुपैयाँले घटेको छ । यो बैंकले नाफा गत वर्षको सोही अवधिमा १ अर्ब ८३ करोड ४ लाख रुपैयाँ रहेकोमा चालू आवको दोस्रो त्रैमासम्ममा भने १ अर्ब ७२ करोड ६५ लाख मात्रै रहेको छ ।

बैंकले पछिल्लो ३ महिनामा निक्षेप पनि १ अर्ब मात्रै वृद्धि गर्न सफल भएको छ । असोज मसान्तमा १ खर्ब ४१ अर्ब निक्षेप संकलन गरेको थियो । पुस मसान्तममा बैंकको निक्षेप जम्मा १ अर्बले बढेर १ खर्ब ४२ अर्ब पुगेको छ ।

बैंकले एक अर्ब निक्षेप वृद्धि गर्दा कर्जा लगानी भने ३ अर्बले वृद्धि गरेको छ । असोजमा बैंकको कर्जा लगानी १ खर्ब २४ अर्ब थियो जुन पुस मसान्तमा आईपुग्दा १ खर्ब २७ अर्ब भएको छ ।

चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा ११ अर्ब ९७ करोड रुपैयाँ छ । बैंकले गरेको लगानी १५ अर्ब २९ करोड रुपैयाँ छ । यो बैकले पुस मसान्तसम्ममा गरेको व्याज आम्दानी ७ अर्ब ६० करोड रुपैयाँ छ भने यसवापतको खर्च ४ अर्ब २९ करोड रुपैयाँ ऋणात्मकमा देखाएको छ ।

बैंकको सिडी रेसियो भने ७६.४३ प्रतिशत रहेको छ । यसको खराब कर्जा २.०४ प्रतिशत, प्रति शेयर आम्दानी ३४.१४ पैसा रहेको छ । यसको प्रति शेयर नेटवर्थ १९५.६६ रुपैयाँ छ ।

प्रकाशित : १५ माघ २०७५, मंगलवार ०९:५२