ज्योति विकास बैंकको कावासोतीमा नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकको कावासोतीमा नयाँ शाखा



काठमाडौं । ज्योति विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । कावासोती नगरपालिका ८ कावासोती नवलपुरमा रहेको नयाँ शाखाको वडा अध्यक्ष आनन्द गुरङ तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाई प्राप्ती गरी एककृत कारोवार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेकोछ र तत्पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब १० करोड पुग्नेछ ।

प्रकाशित : १७ मंसिर २०७५, सोमबार १३:२३