काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार बस्ने भएको छ । कांग्रेसले मंगलबार दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो ।
विधान संशोधनको मस्यौदामा छलफल गर्ने समय अपुग भएकाले कतिपय नेताले मंसिर २० पछि बैठक बोलाउने विचार राखेकाले यसबारे निर्णय गर्न मंगलबार बैठक बोलाइएको जनाइएको छ ।
Comment