नोटमा लेख्ने वा कोर्ने बानी छ ? जेल जानु पर्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

नोटमा लेख्ने वा कोर्ने बानी छ ? जेल जानु पर्ला



काठमाडाै । तपाई नोट कति जतनसाथ प्रयोग गर्दै अाउनु भएको छ ? नेपाली नोटमा लेख्ने वा कोर्ने बानी छ ? यदी यो बानी छ भने तुरुन्त छाड्नुस् ।

नोट सफा राख्ने अभियानलाई प्रभावकारी बनाउन राष्ट्र बैंक कठोर बन्ने भएको छ । नोटमा लेख्ने वा कोर्ने गरेको भेटीए ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ ।

राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै नोटमा जथाभावी केरमेट गर्ने तथा सिक्कालाई पनि काम नलाग्ने बनाएको फेला परेमा यस्तो कारवाही हुने जनाएको हो ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद–२२ मुद्रा सम्बन्धी कसूर अन्तर्गतको दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने उल्लेख छ ।

प्रकाशित : २३ श्रावण २०७५, बुधबार २१:१३