काठमाडाै । प्रदेश ५ सरकारले गणतन्त्र दिवसमा जेठ १५ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिस्तरीय निर्णयबाट प्रदेश ५ मा गणतन्त्र दिवसमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
सचिव भट्टराईले भने, ‘तर यो छुट्टि मनाउने बिदा होइन, दिवस मनाउने बिदा हो ।’
सचिव भट्टराईका अनुसार प्रदेश ५ का १२ वटै जिल्लामा गणतन्त्र दिवसको अवसरमा दीपावली, स्वास्थ्य शिविर, प्रभातफेरी, मैत्रीपूर्ण भलिबल, वृक्षरोपण, सरसफाइ , साहित्यिक कार्यक्रम लगायतका कार्यक्रम हुनेछन् ।
Comment