साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ



काठमाडाै  । साढे ३३ केजी सुन बेपत्ता तथा सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी पक्राउ परेका छन्। प्रहरीले उनलाई आइतबार पक्राउ गरी मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान तथा संगठित अपराधमा थप अनुसन्धानका लागि म्याद थप गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको पत्रका आधारमा विराटनगर हाजिर भएका उनको बयान चित्त बुझ्दो नभएपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको हो।

सुन तस्कर गोरे भनिने चुडामणि उप्रेतीलाई पछ्याउँदै अपराध महाशाखामा कार्यरत केसी र सई बालकृष्ण सञ्जेल धरान हुँदै विराटनगर पुगेका थिए। फागुन १८ मा उनीहरुले पोखरिया, विराटनगरबाट सनम शाक्यको शव बरामद गर्दा उनीहरु त्यहीँ थिए।

महाशाखाले सुन तस्कर गोरेलाई पक्राउ गर्न अफ ट्रयाक अनुसन्धानका लागि विराटनगर टोली पठाएको दाबी गर्दै आएको छ। तर साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन समितिले केसीको बयान चित्त बुझ्दो नभएको भन्दै थप कारवाही अघि बढाएको हो।

डिएसपी केसीसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ। यसअघि प्रहरीकै पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेल पक्राउ परेका छन्।

प्रकाशित : 29 April, 2018 6:53 pm