एनबी बैंकको डेपुटी सिइओमा सुरेन्द्रभुषण श्रेष्ठ र एजिएममा सुरेश देवकोटा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनबी बैंकको डेपुटी सिइओमा सुरेन्द्रभुषण श्रेष्ठ र एजिएममा सुरेश देवकोटा नियुक्त



काठमाडाै । नेपाल बंगलादेश (एनबी) बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)मा सुरेन्द्रभुषण श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, बैंकको सहायक महाप्रवन्धक (एजिएम)मा सुरेश देवकोटा नियुक्त भएका छन् ।

सन् १९९६ मा एभरेष्ट बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेको वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सिए) श्रेष्ठ सन् २०१० मा एनबी बैंकमा डिजिएमको रुपमा प्रवेश गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए तथा भारतको इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आईसीआई)बाट सीए कोर्ष पूरा गरेका हुन ।

श्रेष्ठले नेपाल बैंक लिमिटेडको वित्तीय क्षेत्र सुधार कार्यक्रममा समेत एक सदस्यको रुपमा गर्नुका साथै विश्व बैंक तथा एसियाली विकास बैंक (एडीबी)को बैंकिङ सुधार कार्यक्रमहरुमा समेत काम गरेको अनुभव रहेको छ । त्यस्तै, एजिएम सुरेश देवकोटा पनि सीए हुन ।

इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल –आइक्यान)बाट सीए कोर्ष पूरा गरेका उनी हाल सोही संस्थाको पार्षदसमेत छन् । देवकोटाले सन् २००५ बाट आफ्नो बैंकिङ करियर सुरु गरेका हुन् ।

प्रकाशित : 23 April, 2018 2:30 pm