गान्धी परिवारबाट पार्टीको नेतृत्व सम्हाल्‍ने उनी पाँचौ पुस्ताका सदस्‍य राहुल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

गान्धी परिवारबाट पार्टीको नेतृत्व सम्हाल्‍ने उनी पाँचौ पुस्ताका सदस्‍य राहुल



नयाँ दिल्ली । राहुल गान्धीले शनिबारबाट १३२ वर्ष पुरानो भारतीय कांग्रेसको नेतृत्व सम्हालेका छन्। नेहरु गान्धी परिवारबाट पार्टीको नेतृत्व सम्हाल्‍ने उनी पाँचौ पुस्ताका सदस्‍य हुन्।

यसअघि मोतिलाल नेहरु, जवाहरलाल नेहरु, इन्दिरा गानेधी, राजीव गान्धी र सोनिया गान्धीले नेतृत्व सम्हालि सकेका छन्।

राजीव गान्धीको हत्‍याको सात वर्षपछि पार्टी नेतृत्व सम्हालेकी सोनिया गान्धीले १९ वर्षसम्‍म पार्टीको नेतृत्व सम्हालेपछि त्यसको विधिवत हस्तान्तरण राहुल गान्धीलाई गरिएको छ।

भारतीय कांग्रेसका प्रवक्ता राजदीप सिंह सूर्जेवालाले सोनिया गान्धीले कांग्रेस अध्यक्षको पद मात्र त्‍याग गरेको तर राजनीतिबाट सन्यास नलिएको ट्‌वीट मार्फत जानकारी दिएका छन्।

४८ वर्षीय राहुल गान्धी गुजरात तथा हिमाञ्‍चल प्रदेशमा भएको सम्पन्‍न चुनावी प्रचारबाट फर्किएपछि उनको ‘राज्‍याभिषेक’ नयाँ दिल्लीको २४-२६ अकबर रोडस्थित कांग्रेस मुख्‍यालयमा भएको हो।

सोनिया गान्धीको अध्यक्षतामा पार्टीले सन् २००४ देखि दुई पदावधिसम्‍म केन्द्रमा संयुक्त प्रगतिशील गठबन्धनको नेतृत्वमा सरकार चलाएको थियो।

यसअघि पार्टीको उपाध्‍यक्ष रहेका राहुल गान्धीलाई सभापतिका रुपमा जिम्‍मा लिन पार्टीको केन्द्रीय कार्यकारीले गत साता आग्रह गरेको थियो।

प्रकाशित : १ पुष २०७४, शनिबार १५:२७