निर्जीवन बीमा कम्पनीको व्यवसाय १५ अर्ब ५४ करोड नाघ्यो, सगरमाथा लुम्बिनीको अग्रता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निर्जीवन बीमा कम्पनीको व्यवसाय १५ अर्ब ५४ करोड नाघ्यो, सगरमाथा लुम्बिनीको अग्रता



काठमाडौं । निर्जीवन बीमा व्यवसायमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १५ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूले कुल ८ लाख ३६ हजार ७४ वटा बीमालेख जारी गरी १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्।

बीमाशुल्क संकलनको प्रतिस्पर्धामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले समीक्षा अवधिमा १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै पहिलो स्थान कायम गरेको छ। दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ।

त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्स १ अर्ब ६० करोड ९९ लाख रुपैयाँ बीमाशुल्कसहित तेस्रो स्थानमा रहेको छ। एनएलजी इन्स्योरेन्सले १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ संकलन गर्दै चौथो स्थान हासिल गरेको छ।

एक अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनीको सूचीमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पनि परेका छन्। आइजिआई प्रुडेन्सियलले १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ संकलन गर्दा सिद्धार्थ प्रिमियरले १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ। त्यस्तै, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

अन्य कम्पनीहरूको बीमाशुल्क संकलन पनि करोडौं रुपैयाँमा रहेको छ। ओरिएन्टल इन्स्योरेन्सले ९८ करोड २४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ९६ करोड २० लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले ८२ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

यसैगरी, सानिमा जिआइसी इन्स्योरेन्सले ७१ करोड ८३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५३ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५० करोड ७४ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

प्रकाशित : 5 November, 2026 4:20 pm