पैसाकाे जतन यसरी गर्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

टिप्स

पैसाकाे जतन यसरी गर्नुस्

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै। दशै अाउदैछ पक्कै पनि चिल्लो नयाँ नाेट दक्षिणा दिने सोचमा हुनुहुन्छ होला ? तर नोट सधै नयाँ र सफा राख्न मन सबैको हुन्छ । तर प्रयोग विधी नजान्दा नोट काम नलाग्ने बन्न सक्छ । राष्ट्र बैंकले पैसा प्रयोग गर्ने विधि यसरी सिकाएको छ ।

१. मनि ब्याग वा परेसको प्रयोग गरी नोटको जतन गर्ने ।
२. नोटलाई जथाभावी केरमेट नगर्ने ।
३. नोटलई अविर, अक्षता, माटो, धमिरा, मुसा, आगो र पानीबाट जोगाउने ।
४. नोटलाई कच्याककुच्चक नपार्ने, पोको तथा जमिनमा नगाड्ने ।
५. नोटलाई जतन गर्ने विधि अरुलाई पनि सिकाउने ।
६. पुजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएको हातले नोट नछुने ।
७. आवश्यकभन्दा वढि नोट बैंकमा जम्मा गर्ने ।
८. बैंक चेक, एटिएम कार्ड प्रयोग गरी नगद कारोवार कम गर्ने ।
९. कारोबारको क्रममा शंकास्पद नोटहरु पाइए राष्ट्र बैंक वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गराउने ।

प्रकाशित : ५ आश्विन २०७४, बिहिबार १७:३५ 21 September, 2017 5:35 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।