बचत कसरी गर्ने ? जान्नुस बचत गर्ने यी तरिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

बचत कसरी गर्ने ? जान्नुस बचत गर्ने यी तरिका



कतिपय अवस्थामा बचत गर्न चाहदा पनि बचत हुन सक्दैन । तपाईले अाफ्नो अायबाट बजेटको व्यवस्थापन गरेर चल्नु पर्ने हुन्छ । तपाईले खर्च गर्नु भन्दा अगाडी नै सोच्न अावश्यक छ कि पहिला कहाँ कति खर्च हुन सक्छ । यसका लागि केही बचतका तरिका बारे जानाैँ ।

कति बचत गर्ने तय गर्नुस्
तपाई बचत गर्न खोजी रहनु भएकाे छ तर केही गर्न सक्नु भएको छैन भने केही न केही बचत अवश्य गर्नुस । यो तय गर्नुस् कि पहिला तपाईलाई कति रुपैयाँको जरुरी छ । यो मात्रै हैन कि तपाई कति बचत गर्न सक्नु हुन्छ ।

तलबको केही रकम बचतमा लगाउनुस
दोस्रो तरिका यो पनि अप्नाउन सक्नु हुन्छ । अाफ्नो अायबाट खर्च गर्नु भन्दा पहिले केही रकम अलग राख्नुस । जति रुपैयाँ छुट्याउनु हुन्छ त्यही रकम तपाइको खर्च चलाउने हो ।
बचत योजनाबाट लाभ लिनुस
कुनै बचत योजना अर्थात बैंकका बचत योजनाबाट पनि तपाईले लाभ लिन सक्नु हुने छ । कुनै सरकारी वा कुनै राम्रा नीजि बैंकमा अाफ्नो पैसा राख्न सक्नु हुन्छ । तपाईले राखेको बचतले पनि राम्रो प्रतिफल दिन्छ ।
खर्चको बिल साथमा राख्नुस
तपाईले दैनिक हुने खर्चको बिवरण राख्नुस् । यसो गर्दा तपाईले खर्च गर्दा र बचत गर्दा तलमेल मिलाउन सहज हुने छ ।
कर्जा चाडो चुक्ता गर्नुस्
तपाईले कर्जा लिनुभएको छ भने त्यसलाई सबै भन्दा चाडाे तिर्नुस् । त्यस्तै बाध्यकारी अवस्था बाहेक कर्जा लिन जोगिनु नै उतम हुन्छ ।

प्रकाशित : ११ भाद्र २०७४, आईतवार १८:११