HONOR को ‘Festival Delights’: चाडपर्वमा स्मार्टफोनसँगै स्मार्ट उपहार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

HONOR को ‘Festival Delights’: चाडपर्वमा स्मार्टफोनसँगै स्मार्ट उपहार



चाडपर्वको उत्साहलाई थप विशेष बनाउन HONOR ले ‘HONOR Festival Delights’ नामक विशेष अफर सार्वजनिक गरेको छ। नोभेम्बर १ देखि ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत HONOR का विभिन्न स्मार्टफोन खरिदमा ग्राहकले आकर्षक मूल्यमा स्मार्टवाच तथा इयरबड्स प्राप्त गर्न सक्नेछन्।

योजनाअन्तर्गत HONOR 600 Pro, HONOR 600 Lite, HONOR X7e र HONOR X6e खरिद गर्ने ग्राहकले HONOR Watch 2 Pro मात्र रु. ४,९९९ मा खरिद गर्न सक्नेछन्। उक्त स्मार्टवाचको नियमित मूल्य रु. १२,४९९ रहेको छ। त्यस्तै, HONOR X5d सिरिज खरिदमा HONOR Earbuds X7e Active मात्र रु. ४९९ मा उपलब्ध हुनेछ, जसको नियमित मूल्य रु. ३,९९९ रहेको छ। एक महिनासम्म सञ्चालन हुने यो अफरले ग्राहकलाई नयाँ स्मार्टफोनसँगै आफ्नो दैनिक जीवनलाई अझ स्मार्ट र सुविधाजनक बनाउने AIoT उत्पादनहरू पनि सहुलियत मूल्यमा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ।

प्रकाशित : 1 November, 2026 3:37 pm