सरकारी कार्यालय अब बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सरकारी कार्यालय अब बिहान ९ देखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने



काठमाडौं भोलि सोमबारदेखि देशभरका सरकारी कार्यालयमा जाडोयामको समयतालिका लागू हुने भएको छ। कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजे खुल्ने र अपराह्न ४ बजे बन्द हुनेछन्।

नेपाल राजपत्रमा यसअघि प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सम्बन्धित सार्वजनिक निकायमा जाडोयामको कार्यालय समय लागू हुनेछ। नयाँ समयतालिका अनुसार यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका कार्यालय अब अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। यससँगै दैनिक कार्यालय समय एक घण्टा घट्नेछ।

यो व्यवस्था शैक्षिक संस्थाबाहेकका सम्बन्धित सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ। सरकारले हरेक वर्ष जाडोयाममा कार्यालय सञ्चालनको समय समायोजन गर्दै आएको छ। सोही व्यवस्था अनुसार यस वर्ष पनि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म परिवर्तित समयतालिका कायम रहनेछ।

प्रकाशित : 1 November, 2026 1:34 pm