काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। बैंकले २२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार ९२०८३ कात्तिक १३ गते० केन्द्रीय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको २२ वर्षे गौरवपूर्ण यात्रामा साथ दिने संस्थापक, सञ्चालक समितिका पदाधिकारी, ग्राहक तथा शेयरधनी, कर्मचारी र नियमनकारी निकायलगायत सबैप्रति धन्यवाद व्यक्त गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापतीले आगामी दिनमा बैंकका सेवाहरूलाई अझ स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।न्बचष्mब द्यष्पबक द्यबलपपगmबचष् दबलप
वार्षिकोत्सवको अवसरमा बैंकले महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। यसअन्तर्गत हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोस्टमा आयोजना गरिने शिविरमा प्रसूति रोग विशेषज्ञद्वारा स्वास्थ्य सेवा उपलब्ध गराइने बैंकले जनाएको छ।
त्यसैगरी, हुम्लाको सिमकोट–२ स्थित श्री रामदेव माध्यमिक विद्यालयका १०३ जना विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री उपलब्ध गराइने भएको छ। यस्तै, रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ स्थित खुङ्ग्री हेल्थपोस्टलाई एक थान बेबी वार्मर र एक थान अटोक्लेभ ड्रम सेट उपलब्ध गराउने घोषणा गरिएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकमा पाँच र दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाका कारण सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।





Comment