ग्वार्को फ्लाईओभरमा बस दुर्घटना: एक महिलाको मृत्यु, ६ जना घाइते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्वार्को फ्लाईओभरमा बस दुर्घटना: एक महिलाको मृत्यु, ६ जना घाइते



काठमाडौं । ललितपुरको ग्वार्काेमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् । आज बिहीबार बिहान साढे १० बजेको समयमा कोटेश्वरबाट ग्वार्काेतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी अन्दाजी ४० वर्षीय महिलाको ज्यान गएको छ ।

दुर्घटनामा परी घाइते भएका अन्य ६ जनालाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । बसका चालकलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : 6 August, 2026 11:52 am