बिडारी, राउत र खत्रीलाई नाफिज आर्थिक पत्रकारीता पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बिडारी, राउत र खत्रीलाई नाफिज आर्थिक पत्रकारीता पुरस्कार




काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आर्थिक, सहकारी र बीमा क्षेत्रको पत्रकारितामा योगदान पु¥याएका तीन आर्थिक पत्रकारलाई नाफिज पत्रकारिता पुरस्कार प्रदान गरेको छ । बिहीबार काठमाडौंमा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उर्जामन्त्री बिराजभक्त श्रेष्ठबाट पुरस्कार प्रदान गरिएको हो ।

यस वर्षको भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार सुरेश बिडारी लाई प्रदान गरिएको छ । उनि सेतोपाटी डटकममा आवद्ध छन् । त्यस्तै, भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमकी रिता राउत ले प्राप्त गरेकी छन् ।

यसैगरी, नेपाल निर्जीवन बीमा व्यवसायी संघ–नाफिज बीमा पत्रकारिता पुरस्कार बिमा पोष्ट डटकमकी रिना खत्री लाई प्रदान गरिएको छ । उक्त पुरस्कारहरू सम्बन्धित क्षेत्रमा पत्रकारितामार्फत पु-याएको योगदानको कदरस्वरूप प्रदान गरिएको नाफिजले जनाएको छ ।

प्रकाशित : 16 July, 2026 6:30 pm