सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य तोलामा साढे १० हजारले घट्यो



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघको आनुसार आज सुनको मूल्य तोलामा १० हजार ५०० रुपैयाँले घटेकोे छ ।

छापावाल सुनको मूल्य तोलामा २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुन मूल्य दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  

यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ४ हजार ६४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मल्य ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 19 June, 2026 11:42 am