सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 31 May, 2026 12:20 pm