२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो भी७० एफई नेपाली बजारमा सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

२०० एमपी ट्राभल पोट्र्रेट फ्ल्यागशिप : भिभो भी७० एफई नेपाली बजारमा सार्वजनिक




काठमाडौं । vivo Nepal ले नेपाली बजारमा आफ्नो नयाँ २०० मेगापिक्सेल ट्राभल पोर्ट्रेट फ्ल्यागशिप स्मार्टफोन vivo V50 FE सार्वजनिक गरेको छ । यात्राका विशेष क्षण, साथीभाइसँगका भेटघाट तथा दैनिक जीवनका यादगार पलहरूलाई उत्कृष्ट रूपमा कैद गर्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो स्मार्टफोन सार्वजनिक गरेको जनाएको छ ।

कम्पनीका अनुसार vivo V50 FE मा २०० मेगापिक्सेल ओआईएस अल्ट्रा–क्लियर क्यामेरा रहेको छ, जसले यात्रा, प्राकृतिक दृश्य तथा समूह तस्बिरहरूलाई उच्च गुणस्तरसहित कैद गर्न सक्षम बनाउँछ । यससँगै ३२ मेगापिक्सेल एचडी सेल्फी क्यामेराले फराकिलो फिल्ड अफ भ्यू प्रदान गर्दै ग्रुप सेल्फी तथा भिडियो कल अनुभवलाई थप सहज बनाउने कम्पनीको दाबी छ ।

स्मार्टफोनमा अगाडि र पछाडि दुवै क्यामेरामा ४के स्टेबल भिडियो रेकर्डिङ सुविधा उपलब्ध रहेको जनाइएको छ । कम्पनीले नयाँ एआई इमेजिङ फिचरहरू पनि समावेश गरेको जनाएको छ । एआई म्याजिक ल्याण्डस्केप, सिग्नेचर स्नो टोन तथा अरोरा इफेक्टजस्ता फिचरले सामान्य दृश्यलाई पनि आकर्षक सिनेमाटिक फ्रेममा रूपान्तरण गर्न सहयोग गर्ने बताइएको छ ।

डिजाइनका हिसाबले पनि vivo V50 FE लाई प्रिमियम स्मार्टफोनका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । ओसियन ब्लु र म्युज पर्पल रंग विकल्पमा उपलब्ध यो स्मार्टफोनमा डायनामिक रिङ डिजाइन, अल्ट्रा–थिन फ्ल्याट स्क्रिन तथा पातलो बेजल समावेश गरिएको छ ।

फोनमा ७,००० एमएएच क्षमताको ब्लुभोल्ट ब्याट्री र ९० वाट फ्ल्यासचार्ज प्रविधि रहेको छ । कम्पनीका अनुसार यसले लामो समयसम्म ब्याट्री ब्याकअपका साथै छिटो चार्जिङ सुविधा प्रदान गर्छ । साथै, १.५के इन्फिनिटी एमोलेड डिस्प्लेले फोटो तथा भिडियो सामग्रीलाई जीवन्त र प्राकृतिक रंगसहित प्रस्तुत गर्ने दाबी गरिएको छ ।

vivo V50 FE दुई भेरियन्टमा उपलब्ध रहेको छः
• ८ जीबी + २५६ जीबी – रु ६२,९९९
• १२ जीबी + २५६ जीबी – रु ७२,९९९

यो स्मार्टफोन नेपालभरका खष्खय रिटेल स्टोर तथा दराजमार्फत खरिदका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले प्रारम्भिक ग्राहकका लागि विशेष अफरहरू पनि ल्याएको छ । पहिलो १,००० ग्राहकले एन्कर साउन्डकोर पी२०आई इयरबड्स निःशुल्क प्राप्त गर्नेछन् । त्यस्तै, पहिलो २,००० ग्राहकका लागि रु १९९ मा खष्खय क्जष्भमि एचयतभअतष्यल एबिल उपलब्ध गराइएको छ, जसअन्तर्गत ६ महिनासम्म एकपटक स्क्रिन रिप्लेसमेन्ट र एकपटक वाटर ड्यामेज प्रोटेक्सन सुविधा पाइनेछ ।

ग्राहकले vivo V50 FE लाई १२ महिनासम्मको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामार्फत पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित : 14 May, 2026 2:07 pm