काठमाडौ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै बैंक तथा वित्तीय संस्थाहरूको सेवा समयसम्बन्धी नयाँ व्यवस्था लागू गरिएको छ। नेपाल राष्ट्र बैंक ले मानव संसाधन व्यवस्थापन विभागमार्फत सूचना जारी गर्दै कार्यालय तथा बैंकिङ कारोबार समय समायोजन गरेको जनाएको हो।
जारी सूचनाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरूको कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म रहनेछ। यस्तै, कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बिहान ९:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म कार्यालय सञ्चालन हुनेछ।
https://www.nrb.org.np/contents/uploads/2026/04/Notice-on-Office-timing_21.pdf






Comment