काठमाडौ। सरकारले आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले मन्त्रिपरिषद्को बैठकले यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
यस निर्णयसँगै सरकारी कार्यालय र शैक्षिक संस्थाहरू साताको दुई दिन बन्द रहनेछन्। यद्यपि, शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयहरूको समय भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ। सरकारको यो निर्णयसँगै बैंक तथा वित्तीय क्षेत्रमा पनि चासो बढेको छ ।
के भन्छ राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बैंकहरूको हकमा राष्ट्र बैंकको आफ्नै नियम र सर्कुलर आकर्षित हुने बताएका छन्। प्रवक्ता पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाहरूका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै एउटा सर्कुलर जारी गरेको छ। उक्त नियम अनुसार नेपाल राष्ट्र बैंक खुलेको समयमा बैंक तथा वित्तीय संस्थाहरू अनिवार्य रूपमा खुल्नुपर्छ। राष्ट्र बैंक बन्द रहेको अवस्थामा (शनिबार र आइतबारको बिदामा) बैंकहरूलाई कार्यालय खोल्न अनिवार्य हुँदैन। तर उनीहरूले चाहेमा स्वेच्छिक रूपमा खोल्न भने सक्छन्।
ग्राहक सेवा र ३६५ दिन नै बैंकिङ जस्ता सुविधाहरू प्रदान गर्दै आएका छन्। प्रवक्ता पौडेलका अनुसार भौतिक कारोबार र विद्युतीय कारोबारलाई नियमित गर्नका लागि बैंकहरूले दुई दिनसम्म पूर्ण रूपमा सेवा बन्द नगर्न सक्छन्। ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर केही सीमित शाखाहरू मार्फत सेवा सुचारु राख्न सकिने उनी बताउँछन्।
सरकारले बिदाको घोषणा गरे तापनि राष्ट्र बैंक हाल लिखित निर्णय (निर्णयको कपी) को पर्खाइमा रहेको छे। प्रवक्ता पौडेलले भने, ‘हामी अहिले लिखित रूपमै त्यो निर्णयको प्रतीक्षामा छौँ, आधिकारिक पत्र प्राप्त भएपछि मात्र थप स्पष्ट हुनेछ।






Comment