सुनको मुल्य तोलामा १२ हजार ५०० रुपैयाँले घट्यो, चाँदीको कतिमा भइरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा १२ हजार ५०० रुपैयाँले घट्यो, चाँदीको कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित : 22 March, 2026 11:25 am