घरबहाल नतिरेका ८ सहकारीलाई काठमाडौं महानगरको ७ दिने अल्टिमेटम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थतन्त्र

घरबहाल नतिरेका ८ सहकारीलाई काठमाडौं महानगरको ७ दिने अल्टिमेटम

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

बकाठमाडौं । काठमाडौं महानगरपालिकाले घर वहाल नतिरेका ८ वटा सहकारी संस्थालाई आफ्नो कार्यालयको घर कोठा खाली गर्न अल्टिमेटम दिएको छ। महानगरपालिकाले ती सहकारी संस्थालाई ७ दिनभित्र घरवहाल तिर्न र आवश्यक कारबाहीको पालना गर्न सार्वजनिक सूचना मार्फत चेतावनी दिएको हो।

कानुन तथा मानव अधिकार विभागले जारी गरेको सूचनामा उल्लेख छ, ‘काठमाडौँ महानगरपालिका, न्यायिक समितिबाट बहालमा लिएका घर कोठा खाली गर्ने निर्णय कार्यान्वयन गर्न सहकारी संस्थाहरूले तोकिएको मिति २०८२/१०/१५ भित्र घर कोठा खाली गर्नुपर्ने निर्णय कार्यान्वयन समितिको बैठकले गरेको निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको हो।’

सूचनामा भनिएको छ सहकारीहरूले घर कोठा खाली गर्दा कार्यालयका फर्निचर, कम्प्युटर लगायतका सामानहरू सम्बन्धित घरधनीको जिम्मा हुनेछन्। साथै, पछि ती सम्पत्ति वा सरसामान सम्बन्धमा कुनै दाबी वा विरोध नगरिने पनि सूचनामा उल्लेख छ।

प्रकाशित : २२ माघ २०८२, बिहिबार १४:५९ 5 February, 2026 2:59 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।