काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक गरेको छ ।
बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड सार्वजनिक गरेको हो ।
यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ्ग अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास लिएको बैंकले जनाएको छ ।
नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै विमानस्थलहरूमा लाउन्ज सुविधा ९सर्तहरू लागू हुने० पाउने बताइएको छ ।
विशेषगरी धेरै यात्रा गर्ने र बैंकिङ्ग सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि प्लाटिनम डेबिट डिलाइट कार्ड निकै उपयोगी हुने बैंकले जानकारी दिएको छ ।
यस कार्डमार्फत ग्राहकहरूले नेपालभरका कुनै पनि बैंकको एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा नगद झिक्दा समेत विशेष सहुलियत
पाइनेछ । डिजिटल बैंकिङ्गमा सधैँ अगाडि रहने एनएमबि बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधाहरू ल्याएको बताएको छ ।
यी नयाँ विशेषताहरूले ग्राहकहरूलाई उत्कृष्ट डिजिटल बैंकिङ्ग अनुभव र विशिष्ट पहिचान प्रदान गर्नेमा बैंक विश्वस्त रहेको जानकारी दिएको छ ।
यी नयाँ कार्डहरूबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले आफ्नो नजिकैको एनएमबि बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन् ।




Comment