मर्जरमा जान समृद्धि र पोखरा फाइनान्सबीच समान स्वाप रेसियो तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

बैंक / वित्त

मर्जरमा जान समृद्धि र पोखरा फाइनान्सबीच समान स्वाप रेसियो तय



काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच गाभ्ने गाभिने (मर्जर) प्रयोजनका लागि सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ ।

मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका समृद्धि फाइनान्स र पोखरा फाइनान्सबीच सेयर स्वाप रेसियो १ः१ कायम गर्ने सहमति भएको हो ।

कम्पनीको २०८२ साउन ४ गते सम्पन्न सम्झदारीपत्रको आधारमा गठन गरिएको संयुक्त मर्जर समितिबाट दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी नियुक्त मूल्यांकनकर्ताले दुवैको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी दिएको मूल्यांकन प्रतिवेदन समेतको आधारमा संयुक्त मर्जर समितिले १ः१ सेयर आदान प्रदान अनुपात निर्धारण गरेको थियो ।

समितिले उक्त स्वाप रेसियो निर्धारण गरी संचालक समितिको अनुमोदनको लागि सिफारिस गरे अनुरुप संस्थाको संचालक समितिको २०८२ पुस २० मा बसेको ५७० औं बैठकले मर्जर प्रयोजनका लागि दुवै संस्थाको स्वाप रेसियो आदानप्रदान अनुपात १ः१ कायम गर्ने गरी सेयर स्वाप रेसियो स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित : 5 January, 2026 12:49 pm