काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को अध्यक्ष पदका लागि दिपकराज भुसालले उम्मेदवारी घोषणा गरेका छन्।
संघको नयाँ नेतृत्व चयनका लागि आगामी पुस २८ गते निर्वाचन हुन लागेको छ। सो अवसरमा भुसालले शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, मर्यादित र सशक्त बनाउने लक्ष्यसहित आफ्नो टिमले साझा एजेन्डा अघि सारेको बताएका छन्।
उनका अनुसार सदस्य सेवाको प्रभावकारिता बढाउने, व्यवसायिक प्रतिष्ठा उकास्ने, नेतृत्व क्षमता विकास गर्ने र संस्थागत स्थिरता कायम गर्ने विषय उनका प्रमुख प्राथमिकतामा रहेका छन्।
भुसालले आफ्नो नेतृत्वमा ईक्यानका करिब ७ सय सदस्य संस्थालाई विश्वसनीय र गरिमामय बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा समेत सशक्त पहिचान स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरे। उनकाे टिमबाट महासचिव पदका लागि भवनाथ हुमागाईंले पनि उम्मेदवारी घोषणा गरेका छन्।






Comment