नेपाल टेलिकमको लाभांश घोषणा, साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

कर्पोरेट

नेपाल टेलिकमको लाभांश घोषणा, साधारण सभा आह्वान



काठमाडौं। नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ८ बसेको सञ्चालक समितिको बैठकले प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन्।

न्त्रालयबात स्वीकृति भएपछि उक्त लाभांश कम्पनीको आगामी १८ औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ । कम्पनीको उक्त सभा आगामी पुस ३० गते काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै गत आवको वित्तीय विवरणहरु समेत पारित हुनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

प्रकाशित : 24 December, 2025 12:37 pm